एजेन्सी : इरानका एक सैनिक जनरलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमाथि हमला गरे तिम्रा सबै ध्वस्त हुने चेतावनी दिएका छन् ।
मेजरल जनरल कासिम सोलेइमानीले अमेरिकी राष्ट्रपति ट्रम्पलाई यस्तो चेतावनी दिएका हुन् । उनले भने “ ट्रम्पले युद्ध शुरू गरे इश्लामिक गणतन्त्र इरानले यसलाई अन्त्य गर्नेछ ।”
अमेरिकाले सन् २०१५मा इरानसँग गरिएको बहुपक्षीय परमाणु सम्झौतबाट पछाडि हटेको घोषणा गरेयता इरान र अमेरिकाबीचको तनाव बढदै गएको छ ।
सैनिक भएको नाताले मैले तिम्रा चुनौतीको मुकाबिला गर्ने कर्तव्य मेरो भएको सोलिइमानीले बताए ।
उनले ट्रम्पलाई चेतावनी दिँदै भने “हमलाको जवाफ राष्ट्रपतिले दिने होइन मैले हो । मसँग कुरा गर । हामी तिम्रा कति नजिक छौं तिमीले कल्पना पनि गर्न सक्दैनौ । आउ , हामी युद्धका लागि तयार छौं ।”
तिमीले युद्ध शुरू गर्छौ भने त्यसको अन्त्य हामीले गर्ने चुनौती दिँदै उनले भने “ तिमी जानी राख यो युद्धले तिम्रा सबै ध्वस्त हुनेछन् ।”
पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाले युरोपेली सहयोगी राष्ट्रहरूसँग मिलेर इरानसँग परमाणु सम्झौता गरेका थिए ।
गत मेमा ट्रम्पले त्यो सम्झौता लागू गर्नुको साटो खारेज गरे ।
यसको जवाफमा इरानले आफ्नो परमाणु प्रशोधनको कार्य फेरि शुरू गर्ने चेतावनी दियो ।
अमेरिकाले इरानमाथि आर्थिक नाकाबन्दी लगाइरहेको छ ।
यो नाकाबन्दीको विरोध बेलायत, फ्रान्स, चीन, रुस र जर्मनीले गरेका छन् । यी देशहरूले अमेरिकासँग मिलेर सन् २०१५मा बहुपक्षीय परमाणु सम्झौतामा हस्ताक्षर गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया