एजेन्सी :पाकिस्तानका राजनीतिक दलका नेता पूर्व क्रिकेटर इमरान खान र पूर्व क्रिेकटर वसिम अकरम बीचको भिन्नता छुट्टयाउन नसक्दा बीबीसी २लाई माफी माग्न परेको छ ।
न्यूज साइटले फुटेजमा खानका ठाउँमा अकरम पर्न गएकोमा माफी मागेको हो ।
खानको पार्टी पाकिस्तानमा ठूलो पार्टी बनेर आएको र सम्भावित प्रधानमन्त्री खान बन्ने देखिएपछि बीबीसी २ले सम्भावित प्रधानमन्त्रीको जीवन यात्रामा एक कार्यक्रम प्रसारण ग-यो ।
तर दाहिने हातका पूर्व अलराउन्डर इमरान खानको ठाउँमा बायाँ हातका बलर वसिम अकरमको फुटेज प्रसारणमा पर्न गयो ।
डाक्टर फोस्टरका अभिनेता प्रसन्न पुवानाराजाहले यो गल्ती औंल्याएपछि कार्यक्रम प्रस्तोता इभान डेभिसले माफी माग्दै हामीबाट यस्तो गल्ती हुन गएको बताए ।
बेलायतमा इमरान खान परिचित व्यक्ति हुन् । अल राउन्डर रेकर्डमा उनको नाम ३,८०७ रन र ३६२ विकेट टेस्ट क्रिकेटमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया