एजेन्सी: बेलायतको शाही परिवारका सदस्य भन्दा विश्वका अन्य शाही परिवार बढी धनी भएको देखिन्छ ।
बेलायतकी महारानीको सम्पत्ति ५० करोड अमेरिकी डलर बराबरको सम्पत्ति छ ।
तर यो सम्पत्ति भन्दा दोब्बर अन्यको बाँकी खातामा रहेको छ ।
बेलायती शाही परिवारको सदस्य भन्दा बढी १० शाही परिवारको संक्षिप्त जानकारी यस्तो छ ।
प्रिन्स अल्बर्ट अफ मुनाकोसँग १ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति छ । उनको क्षेत्रका एक चौथाई भूमि उनको स्वामित्वमा छ ।
प्रिन्स अफ अल्बर्ट भन्दा बढी धनी शाही परिवारका सदस्यहरूमा कतारका अमरि शेख थामिम बिन हमदा अल थानी हुन् ।
बेलायती राजकुमार विलियम र ह्यारीले सैनिक तालिम लिएको स्यान्डस्र्टबाट थानीले पनि स्नात्तक गरेका छन् ।
पिता हमद बिन खलिफा अल थानी पछि उनले राज्यारोहण गरेका थिए । तर ३५वर्षीय थानीले सन् २०१३मा सो पद त्याग गरे ।
उनको सम्पत्ति १.२ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति रहेको अनुमान छ ।
थानी भन्दा धनी शाही परिवारको सदस्यहरूमा लग्जम्बर्गको शाही परिवारका नाती पुस्ता रहेका छन् ।
ग्रान्ड डुकालको सम्पत्ति ४ अर्ब अमेरिकी डलर रहेको छ ।
लग्जम्बर्गको शाही परिवार भन्दा धनी संयुक्त अरब इमिरेट्सका राजपरिवारका सदस्य धनी छन् ।
संयुक्त अरब इमिरेट्सका उपाध्यक्ष र प्रधानमन्त्री रहेका मोहम्मद बिन रसिद अल मख्तुम छन् ।
उनको सम्पत्ति ४.५ अर्ब अमेरिकी डलर छ ।
उनले मानवता र शिक्षाका लागि १ अर्बअमेरिकी डलर दान दिइसकेका छन् ।
युएई पछि युरोपमा लिचेस्टिन शाही परिवारका सदस्य बढी धनी छन् ।
प्रिन्स ह्यान्स एडम द्वितीयको सम्पत्ति ५ अर्ब अमेरिकी डलर आँकलन गरिएको छ ।
बेलायती शाही परिवार भन्दा बढी धनी हुने पाँचौ शाही परिवार मोरक्कोको रहेको छ ।
किंग महोम्मद ६ छ । उनको सम्पत्ति ५.७ अर्ब अमेरिकी डलर रहेको छ ।
मोरक्कोको शाही परिवार भन्दा बढी धनी युएईका शाही परिवार सदस्य अमिर खलिफा बिन जायद अल नाहयान हुन्
उनको सम्पत्ति १५ अर्ब अमेरिकी डलर छ । उनी अबु धाबी इन्भेस्टमेन्ट अथरिटीका अध्यक्ष हुन् ।
जायद भन्दा बढी धनी साउदी अरबका शाही परिवारका सदस्य किंग सलमान बिन अब्दुलाअजिज अल सउद को सम्पत्ति १८ अर्ब अमेरिकी डलर बराबर छ ।
अल साउदले विश्वभर करोडौं अमेरिकी डलर दान दिएका छन् ।
साउदीका शाही परिवार भन्दा बढी धनी ब्रनइका सुल्तान हुन् ।
सुल्तान हस्नाल बोल्कियाको सम्पत्ति २० अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति रहेको छ ।
उनको दरबार विश्वको ठूलो मानिएको छ । यसको मूल्य ३५ करोडअमेरिकी डलर बराबर छ ।
ब्रनइका सुल्तान भन्दा बढी धनी थाइल्यान्डका राजा महा वजिरालोंगकोर्न हुन् ।
उनको सम्पत्ति ३० अर्ब अमेरिकी डलर बराबर छ ।
थाईल्यान्डको राजपरिवार विश्वकै सबैभन्दा धनी राजपरिवार हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया