काठमाडौं । बलिउडका डिस्को डान्सर मिथुन चक्रवर्तीको स्वास्थ्यलाई लिएर एउटा ठूलो अपडेट आएको छ । जानकारीका अनुसार अभिनेता हालै बैंगलोरको अस्पतालमा भर्ना भएका थिए । यो खबर सार्वजनिक हुनासाथ मिथुनका फ्यानहरु त्रसित भएका छन् ।
अस्पतालको बेडमा सुतेको अभिनेताको तस्बि पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो भाइरल तस्बिर देखेपछि अभिनेताको स्वास्थ्यलाई लिएर विभिन्न अफवाहहरु उड्न थालेका छन् ।
मिडियासँगको कुराकानीमा अभिनेताका छोरा मिमोह चक्रवर्तीले भाइरल भइरहेको तस्बिरको सत्यता बारे बताएका छन् । मिथुन मिर्गौलाको पत्थरीबाट पीडित रहेको मिमोहले बताएका छन् । जसका कारण उनलाई अस्पताल भर्ना गरिएको थियो ।
यो भाइरल तस्बिर अस्पतालकै हो, जसमा उनी बेहोस अवस्थामा बेडमा सुतिरहेका छन् । तर, अहिले उनको स्वास्थ्य सामान्य रहेको र अस्पतालबाट डिस्चार्ज भई घरमै आराम गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया