काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले थप नयाँ स्थानहरूमा मोबाइल एपमार्फत शाखा रहित बैंकिङ सेवा शुभारम्भ गरेको छ ।
बैंकले सेवा विस्तार गर्ने क्रममा मिति २०७९ साल वैशाख १९ गते सोमबारबाट सप्तरी जिल्लाको डाक्नेश्वरी न.पा. वडा नं ०७ अमरलति चोकमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
डाक्नेश्वरी न.पा. वडा नं ०७ अमरलति चोकस्थित ओम शान्ती ट्रेडर्स सेन्टर (प्रो. मुकेश कुमार साह) लाई शाखा रहित बैंकिङ सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।
नेपाली कांग्रेस, मधेश प्रदेशका पूर्व क्षेत्रिय सभापति भगवती यादवज्यू तथा डाक्नेश्वरी न.पा. वडा नं. ०७ का प्रहरी निरीक्षक राजु श्रेष्ठले संयुक्त रुपमा उक्त शाखा रहित बैंकिङ सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए । कार्यक्रममा बैंकका अन्य कर्मचारीहरु लगायत व्यावसायिक प्रतिनिधि तथा स्थानीय महानुभावहरुको उपस्थिती रहेको थियो ।
शाखारहित बैंकिङ मार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुँच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया