काठमाडौं । अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का एकैसाथ कांग्रेसमा प्रवेश गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमका बीच केसी र खड्का कांग्रेसमा प्रवेश गरेका हुन् ।
यस्तै कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का पनि कांग्रेस प्रवेश गरेका हुन् । सबैलाई बालुवाटारमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका हुन् ।
उनीहरुलाई अभिनेता निर शाह लगायतले कांग्रेसमा प्रवेश गराउनका लागि पहल गरेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया