काठमाडौं । मेट गाला २०२२ मा यस पटक भारतको प्रतिनिधित्व भारतीय समाजसेवी र व्यवसायी नताशा पूनावालाले गरिन् । उद्यमी नताशा पूनावालाले रेड कार्पेटमा शानदार इन्ट्री गरिन्, उनको पहिरनले सबैको ध्यान तान्यो ।
देसी ग्लैमर र अमेरिकी प्रेरणाको यो पोशाकमा नताशा पूनावालाको तस्बिरहरू सोशल मिडियामा राम्रो स्थान पाएको छ ।
देसी ग्लैमर र अमेरिकी प्रेरणाको साथ यो पोशाक भारतीय डिजाइनर सब्यसाची मुखर्जीद्वारा डिजाइन गरिएको हो । मेट गाला २०२२ को लागि नताशा पूनावालाको बस्टियर टप शियापारेलीद्वारा डिजाइन गरिएको थियो।
यही कारणले गर्दा नताशा मेट गाला नाइटको बेस्ट ड्रेस्ड सेलिब्रेटीको सूचीमा परेकी हुन् । अहिले उनको चर्चा सर्वत्र भैरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया