झडपपछि इजरायली प्रहरीद्वारा अल–अक्सा मस्दीजका ढोका बन्द

जेरुसेलम–प्यालेष्टिनी धर्मावलम्बी र इजरायली नागरिकबीच मध्यान्ह्को प्रार्थना समयमा झडप भएपछि इजरायलको प्रहरीले जेरुसेलमको केन्द्रविन्दुमा रहेको अल–अक्सा मस्दीज परिसरमा प्रवेश गर्ने सम्पूर्ण ढोकाहरू शुक्रबार बन्द गरेको एएफपीका फोटो पत्रकारले जनाएका छन् ।
मस्दीज सञ्चालनमा जिम्मेवारी पाएको धार्मिक संस्था वाक्फका अधिकारीले एएफपीसँगको कुराकानीमा मस्दीजमा तनाव सिर्जना शुरू भएपछि मस्जीदका सम्पूर्ण ढोकाहरू प्रहरीको सहयोगमा बन्द गरिएको पुष्टि गर्नुभयो ।
मस्दीज र यसको परिसरमा प्रवेश गर्ने सम्पूर्ण ढोकाहरू बन्द भएका बन्द गरी कुनै पनि व्यक्तिलाई प्रवेश नदिइएको एएफपीका फोटो पत्रकारले बताए ।
प्रहरीले भने मस्दीजमा झडप भएको बताएपनि ढोका बन्द भएकोबारे कुनै जानकारी दिएको छैन । प्रार्थनामा सहभागी भएका ‘आन्दोलनकारीले पटाकाजन्य विष्फोटक वस्तुहरू प्रहरीलाई फालेपछि’ झडप शुरु भएको बताइएको छ ।
विवादपछि प्रहरी ‘टेम्पल माउन्ट’ परिसर प्रवेश गरी उक्त स्थानलाई खाली गरिएको थियो । उक्त स्थानबाट प्रहरीले केही शङ्कास्पद व्यक्तिलाई नियन्त्रण गरिएको उक्त धार्मिकस्थलको यहुदी नाम प्रयोग गरी प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा अल–अक्सा मस्जीदको परिसरबाट भागेका व्यक्तिहरूलाई प्रहरीले खोजी गरिरहेकोसमेत जनाइएको छ ।
वाफले मस्जीद परिसरमा प्रहरीले गोली चलाएका दृष्य कैद गरिएका भिडियो तथा फोटोहरू प्रकाशित गरेको छ जसमा इश्लामिक धार्मिकस्थल डोम अफ द रकलाई पनि देखाइएको छ । उक्त स्थान पटक पटक इजरायली तथा प्यालेष्टिनी नागरिकबीच झगडाको कारक बनेको स्थान हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?