काठमाडौं । गायक राजु लामाले सगरमाथा क्षेत्रमा ६ हजार पाँच सय ७४ मिटरको उचाइमा एकल कन्सर्ट गरेर विश्व कीर्तिमान राखेका छन्। जलवायु परिवर्तनको असरबारे सन्देश दिन गायक लामाले सगरमाथाको क्याम्प-३ मा पुगेर गीत गाएका हुन्।
राजुले आफ्नो सार्वजनिक नै नभएको हिमालले डाक्यो मलाई बोलको नयाँ गीतको प्रस्तुति दिएका हुन्। उनले यसबाहेक मंगोलियन हार्ट ब्यान्डका चर्चित गीतहरू गाएका थिए। उनको यो कन्सर्ट सबैभन्दा उचाइमा गरिएको सांगीतिक कार्यक्रम बनेको छ।
गायक राजुले सामाजिक सञ्जाल फेसबुकमा एक भिडिओ पोस्ट गर्दै ६५ सय मिटरभन्दा माथिको उचाइमा गीत गाउन सजिलो नभएको ‘तर त्यहाँको पातलो हावा र चुनौती मन परेकाले चुनौती स्वीकारेको बताएका छन् । साथै जलवायु परिवर्तन र दैनिक जीवनमा विश्वभरी यसको प्रभावबारे सचेतनाको सन्देश दिनु मुख्य उद्देश्य रहेको उनले बताए।
यसअघि बेलायती गायक ओज बेल्डोनले सन् २०१२ मे १६ तारिखमा मेरापिक हिमालको ६ हजार चार सय ७६ मिटर उचाइमा कन्सर्ट गरेर विश्व रेकर्ड राखेका थिए भने उक्त रेकर्डलाई गायक राजुले तोड्दै नयाँ कीर्तिमान राखेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया