पाकिस्तानको अाम चुनाव परिणाममा विवाद

र्इस्लामावाद : पाकिस्तानमा बुधबार भएको अाम निर्वाचनमा पूर्वक्रिकेटर र्इमरान खानको पार्टी तेहरिक-ए-एन्साफ विजयी भएसँगै त्यहाँका १ दर्जन राजनीतिक दलले चुनावी परिणाम अस्वीकार गरेका छन् । 

उनीहरूले पुन: चुनाव गराउन, अन्याथा अान्दोलन गर्ने चेतावनी पनि दिएका छन् । चुनावको निष्पक्षतामाथि सवाल उठाउँदै यी दलले क्रिकेटर राजनीतिज्ञ खानलार्इ समस्यामा पार्ने पूर्वसंकेत दिएका छन् । 

चुनाव गराएको सत्तारूढ दल पीएमएल-एनले पनि चुनावी परिणाम नस्वीकार्ने बताएको छ । पीएमएल-एन पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफको दल हो । हाल सरिफ भ्रष्ट्राचार अभियोगमा सत्ताच्युत भर्इसकेका छन् । 

चुनावी जीत हासिल गरेको र्इमरान खानको तहरिक-ए-एन्साफले १ सय १५ सिट जितेको छ । तर, पाकिस्तानमा सरकार गठनका लागि १ सय २७ सिट अावश्यक पर्छ । सरकार गठनका लागि खानलार्इ २२ सिट अपुग भएको छ ।

यसअघिको सत्ताधारी पीएमएल-एनले ६४ र पाकिस्तान पिपुल्स पार्टीले ४३ सिट प्राप्त गरेको छ । पूर्वप्रधानमन्त्री स्वर्गीय बेनेजिर भुट्टोको दल पिपुल्स पार्टी तेस्रो भएको हो । सन् २००७ को डिसेम्बर २७ का दिन रावलपिण्डीमा भएको सभामा गोली प्रहार गरि भुट्टोको हत्या भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?