काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले नव वर्ष २०७९ को प्रारम्भको विशेष अवसर पारेर ग्राहकवर्गको चाहना अनुरुप वार्षिक ८ं.०३ प्रतिशत ब्याज प्राप्त गर्न सकिने प्लाटिनम प्लस नामक बचत खाता सञ्चालनमा ल्याएको छ । बचत खातामै आकर्षक प्रतिफलको चाहना गर्नुहुने ग्राहकहरुमाझ यो बचत खाता रोजाइमा पर्ने बैंकले विश्वास लिएको छ ।
आकर्षक प्रतिफलका अतिरिक, प्लाटिनम प्लस खाता खोल्ने ग्राहकहरुले मासिक ब्याज भुक्तान, प्रायोरिटि बैैंकिङ सेवा, लकर सेवा शुल्कमा ५० प्रतिशतकोे छुट (पहिलो वर्षको लागि) पहिलो वर्ष डेबिट कार्ड, मोबाईल बैैंकिङ, एसएमएस अलर्ट सेवा, इन्टरनेट बैैंकिङ, युएनओ क्रेडिट कार्ड, डिम्याट, मेरो सेयर, सि आस्वा, प्रिपेड युएसडी इ–कम कार्ड निशुल्करुपमा उपलब्ध हुने छ ।
सिद्धार्थ बैंककोे १९० शाखा कार्यालयहरुबाट सहजै यो खाता खोल्न सकिने छ । यो खाताबारे विस्तृत जानकारी नजिकैको शाखा कार्यालय वा बैंकद्वारा सञ्चालित ग्राहक सेवा केन्द्र, सिद्धार्थ केयरमा पनि सम्र्पक गर्न सकिने बैंकले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया