नेपालले जित्यो ५ स्वर्ण

काठमाडौं । अस्ट्रेलियामा भएको गोल्ड कोस्ट ओपन तेक्वान्दो च्याम्पियनसिपमा नेपालले ५ स्वर्ण, १ रजत र ४ कांस्य पदक जित्न सफल भएका छन् । 

शनिबार क्यारेरा इन्डोर स्टेडियममा जारी नवौं गोल्डकोस्ट ओपनमा रन्जन श्रेष्ठ, पारस भण्डारी, प्रनिस गुरुङ, यङचेन शेर्पा र अभिनव शेर्पाले नेपाललाई स्वर्ण पदक दिलाए । 

रन्जनले ब्रेकिङमा स्वर्ण जित्दा ६९ केजीमुनी फाइटतर्फ भने रजत पदकमै चिक्त बुझाएको उनका प्रशिक्षक विशाल रायमाझीले जानकारी दिए । 
अभिनवले भने १३ बर्षमूनिको पुम्सेमा स्वर्ण जितेका हुन् ।

अभिनवले फाइनलमा अस्ट्रेलियाका ब्लाके मुर्रेलाई हराएर स्वर्ण हात पारेका हुन् । त्यसअघि उनले क्वार्टरफाइनलमा अस्ट्रेलियाकै लियोनार्दो ब्रुजे र सेमिफाइनलमा अफगानिस्तानका ऐकन ग्रानिर अमुरलाई हराउँदै फाइनलको यात्रा तय गरेका थिए । 

यता महिला यू–१५ मा पुम्सेमा यङचेनले स्वर्ण जितेकी हुन् । यङचेनले फाइनलमा क्यानडाकी सोफी ओडेयालाई हराएकी स्वर्ण पदक जितिन् । त्यसअघि उनले क्वार्टरफाइनलमा फ्रान्सकी क्रिस्टेल मोरे र सेमिफाइनलमा अस्ट्रेलियाकी इसाबेल पार्कलाई हराउँदै फाइनलको यात्रा तय गरेकी थिइन्। 

महिला यू–१५ पुम्सेमा नेपालकी सितु सिंह मास्केले कांस्य पदक हात पारिन् । क्वार्टरफाइनलमा क्यानडाकी एरिका डकिन्सलाई हराएकी सितु सेमिफाइनलमा अस्ट्रेलियाकी हन्नाह ड्रेजससँग स्तब्ध हुँदै कांस्यमा चित्त टिम अफ हेड कुमार लामा घिसिङले जानकारी दिए । 

अभिनव र सितुले ग्यरोगी विधातर्फ प्रतिस्पर्धा गर्नेछन् । फाइटतर्फ ५४ केजीमुनि पारस भण्डारीले स्वर्ण जितेका थिए । फाइटमै प्रनिस गुरुङले पनि स्वर्ण जित्न सफल भएको प्रशिक्षक बब्लु सिवाकोटीले जानकारी दिए ।

फाइटमै ८७ केजीमुनि तौलसमूहमा रजत जितेका अनिस महर्जनले ब्रेकिङमा भने कांस्य पदकमै चित्त बुझाए । 
७४ केजीमुनि बिकेस बिडारीले कांस्य पदक जित्न सफल भए ।

१२औँ सागमा रजत पदक विजेता रेजिना कार्कीले ४९ केजीमुनि तौलसमूहमा कांस्य पदकमै चित्त बुझाइन् । आइतबार रेजिनाले ब्रेकिङमा पनि प्रतिस्पर्धा गर्नेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?