लुम्बिनी विकास बैंकले थप्यो दुई नयाँ शाखा

लोकपथ
91
Shares

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले देशका बिभिन्न ठाउँमा रहेका ग्राहकहरुलाई बैंकिङ सेवा पुर्‍याउने उद्देश्यले बुधबारदेखि थप दुई शाखाहरुको उद्घाटन गरेको छ ।

नयाँ खोलिएका शाखाहरुमा ८० औँ शाखाकोरुपमा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १३ स्थित कलंकी शाखा र ८१ औँ शाखाकोरुपमा नुवाकोट जिल्ला बिदुर नगरपालिका वडा नं.२, स्थित बट्टार शाखा रहेका छन् ।

बैंकको कलंकी शाखाको उद्घाटन बिकास बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालले गरेका हुन भने बट्टार शाखाको उद्घाटन बैंकका सञ्चालक चिन्तामणि भट्टराई र नुवाकोट उद्मोग वाणिज्य सघंका अध्यक्ष तारा बहादुर कार्कीले संयुक्तरुपमा गरेका हुन ।

उक्त दुई शाखा सहित बैंकले देशको ७ वटै प्रदेशमा ८१ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ र निकट भविष्यमा कपिलवस्तुको चन्द्रौटा, बर्दियाको ताराताल, कैलालीको लम्की र मसुरिया एवं कंचनपुरको बाणी समेत गरी थप ५ शाखा खोल्नको लागि तयारी गरेको छ ।

बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा मासिकरुपमा ब्याज प्रदान गर्ने विशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?