सिद्धार्थ इन्स्योरेन्सद्वारा १ अर्ब बढी बीमा दाबी भुक्तानी

लोकपथ
0
Shares

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले चालू आर्थिक वर्ष २०७८/७९ को हाल सम्म ७८२८ वटा दाबी फर्छयौट गरेको छ। सो अवधिमा अर्ब बढी बीमा दाबी भुक्तानी भएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार १ अर्ब ७ करोड ६० लाख २६ हजार ९४८ भुक्तानी हुनुका साथै अग्रिम दाबी वापत विभिन्न दावी कर्ताहरुलाई ८ करोड भुक्तानी भएको छ ।

यससँगै कम्पनीले १ अर्ब १५ करोड ६० लाख २६ हजार ९४८ रुपैयाँ भुक्तानी गरेको छ भने फर्छयौट गर्न बाँकी दाबीको संख्या ३८५७ (कोरोना दाबी बाहेक) रहेको र सो वापत भुक्तानी गर्नु पर्ने रकम १ अर्ब १६ करोड ७६ लाख २ हजार ५९५ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले गत असोज ३१ देखि कार्तिक २ गतेसम्मको लगातार बेमौसमी बर्षातले महाकाली नदीमा आएको बाढीले क्षति पुर्याएको कञ्चनपुरको भिमदत्त–१२ ओदालीस्थित निर्माणाधिन ६ लेनको सडक मनोरञ्जन पार्कको निमित्त बनेका पोखरीका संरचना र ४ लेनको पक्की पुलको पहुँच मार्गमा ठूलो क्षति पुर्‍यएकामा त्यसको पनि दाबी भुक्तानी गरेको छ ।

उक्त परियोजनाको बीमा भएकाले ८ करोड ९७ लाख ९८ हजार रुपैयाँ प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्रीले वीमित कुमार—सी एफ इ सी जे.भी का प्रतिनिधी शुशील कुमार श्रेष्ठलाई हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?