कृषि विकास बैंकबाट यूएसडी प्रिपेड डलर कार्डको सेवा सुरु

लोकपथ
77
Shares

काठमाडौं । आधुनिक प्रविधिको विकास संगै बैंकिङ क्षेत्रमा पनि विभिन्न किसिमका वस्तु तथा सेवाको विस्तार भइरहेको छ । यसै क्रममा कृषि विकास बैक लिमिटेडले पनि आफ्ना ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवाको पहुँच पुर्याउन, बजारको माग तथा ग्राहकको आवश्यकता अनुसार विभिन्न आधुनिक वस्तु तथा सेवाहरु उपलव्ध गराउँदै आइरहेको छ ।

वित्त बजारमा अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग प्रतिस्पर्धा गर्न र ग्राहकहरुको आवश्यकता अनुसारको अत्याधुनिक बैंकिङ सेवाका विभिन्न प्रोडक्टहरु उपलव्ध गराउने शिलशिलामा बैंकले यही वैशाख १५ गतेबाट विधिवत रुपमा युएसडी प्रिपेड डलर कार्ड सेवाको सुरुवात गरेको छ जसबाट विदेशी मुद्रामा आम्दानीको श्रोत नभएका तर नेपालभित्रै बसि ई–कर्मशको माध्यमबाट अनलाईन सपिङ तथा बिल पेमेन्ट गर्नको लागि नेपाल राष्ट्र बैकले उपलब्ध गराएको सिमा भित्र रहि कारोबार गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?