काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार घटेको छ । यस साता तीन दिन मात्र कारोबार भएको सेयर बजार ३ दिन नै घटेको हो । बिहीबार १३ वटै सूचक घटेका छन् ।
आज सेयर कारोबार मापक नेप्से परिसूचक ३७.०६ अंकले घटेर २२३८.६२ बिन्दुमा झरेको छ ।
त्यस्तै, ठूला इन्डेक्सको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ४.३४ अंकले घटेर ४३२.५५ बिन्दुमा पुगेको छ ।
दिनभरको कारोबारमा ४६ लाख ७४ हजार ९४० कित्ता सेयर किनबेच हुँदा एक अर्ब ६५ करोड ४५ लाख ६१ हजार रुपैयाँको कारोबार भएको छ ।
२३२ कम्पनीको सेयर कारोबार हुँदा ४ कम्पनीको मात्र सेयरमूल्य बढेको छ भने १९२ कम्पनीको सेयर मूल्य घटेको छ । आज फाइनान्स समूहको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ ।
जाल्पा सामूदायिक लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा भए सकारात्मक सर्किट लागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया