काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय ‘फिफा’ले वरियता निर्धारण गर्ने प्रणालीमा परिवर्तन गरेको छ ।
सन् २००६ यता ‘फिफा’ले औसत रेटिङको आधारमा फुटबल खेल्ने राष्ट्रहरुको वरियता निर्धारण तय गर्ने गरेको थियो । तर, टिमले हासिल गर्ने अंक र खेलमा उनीहरुले गरेको प्रर्दशनको औसत अंकको आधारमा वरियता निर्धारण गर्दै आइरहेको थियो ।
अब भने वरियता ‘ईएलओ’ प्रणालीबाट गरिने भएको छ ।
बुद्धिचाल खेलमा सबैभन्दा पहिले यो नियम लागु गरिएको थियो भने अब विस्तारै अन्य खेलमा पनि नियम लागु हुने बताइएको छ । ‘ईएलओ’ प्रणालीमा औसत अंकलाई भन्दा पनि टिमले पहिले गरेको प्रर्दशनपछि प्राप्त अंकलाई घटजोड गरिनेछ ।
अब टिमको फिफा वरियता हरेक खेलपछि परिवर्तन हुनेछ । यसअघि फिफा वरियता हरेक महिनाको अन्त्यमा प्रकाशित गरिन्थ्यो ।
पछिल्लो वरियता निर्धारणमा प्रभाव पार्न टोलीहरुले कम मैत्रीपूर्ण खेल खेल्ने र अन्य अवस्थामा कमजोरी टिमसँग धेरै खेल खेल्ने प्रवृति बढेको धेरै गुनासो आएपछि 'फिफा'ले यो नयाँ प्रणालीलाई विगत २ वर्षदेखि लागु गर्ने तयारी गरेको थियो ।
अब नयाँ नियम लागु भएसँगै एसिया र अफ्रिकी राष्ट्रहरुले चाँडै वरियता माथि उक्लन सक्ने देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया