काठमाडौं । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्ने प्रकिया अन्तिम चरणमा पुगेको छ । यसको लागि दुवै बैंकले यही जेठ सात गते विशेष साधारणसभा बोलाएका छन् ।
विशेष साधारणसभामा प्राप्ति प्रकियाको लागि सेयरको स्वाप रेसियो कायम गर्न, प्रबन्धपत्रमा संशाेधन गर्नेलगायतका विषयमा छलफल तथा निर्णय हुने बताइएको छ ।
यसको लागि नबिल बैंकले यही जेठ सात गते गैह्रीधाराको सिल्भर ओक बैंकेटमा विशेष साधारणसभा गर्न लागेको छ । उक्त सभाको लागि बैंकको यही बैशाख ३० गते सेयरधनी दर्ता किताब बन्द हुनेछ । सभाले एनबी बैंकलाई प्राप्ति गर्नको लागि एनबीको एक सय कित्ता सेयरबराबर नबिलको ४३ कित्ता अर्थात १००:४३ कित्ताको सेयर स्वाप रेसियो कायम गर्ने प्रस्ताव पारित गर्नेछ ।
यसैगरी एनबी बैंकले पनि जेठ सात गते नै जुममार्फत भर्चुअलरुपमा विशेष साधारणसभाको आह्वान गरेको छ । उक्त सभाको लागि एनबीको पनि यही वैशाख ३० गते सेयर दर्ता किताब बन्द हुनेछ । सभाले सेयरको स्वाप रेसियोलगायतका विषयमा महत्वपूर्ण निर्णयहरु गर्नेछ । नेपाली बैंकिङ क्षेत्रमा नबिलले एनबी बैंकलाई प्राप्ति गरेपश्चात यो बैंक सबैभन्दा ठूलो वाणिज्य बैंक बन्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया