इस्लामावाद– यसै महिना भ्रष्टाचार आरोपमा पक्राउ परेका पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरीफ जेलभित्र विरामी गरेको एक पाकिस्तानी मन्त्रीले आइतबार बताएका छन् ।
शरीफ र उनकी छोरीलाई भ्रष्टाचार मुद्दा हेर्ने पाकिस्तानी एक अदालतले क्रमशः १० र सात महिनाका लागि जेल सजाय तोकिदिएपछि यही जुलाई १३ गते पक्राउ गरिएको थियो ।
पाकिस्तानको पञ्जाब प्रान्तका कामचलाउ गृह मन्त्री शौकात जावेदले राज्य सञ्चालित पाकिस्तानी टेलिभिजनसँगको कुराकानीमा भने, “पूर्व प्रधानमन्त्री शरीफको इलेक्ट्रोकार्डियोग्रामको एक रिपोर्टमा फेरबदलको समस्या देखिएकाले उहाँलाई उपचारका लागि अस्पताल लगिएको छ ।”
“पूर्व प्रधानमन्त्री शरीफलाई इश्लामावादस्थित ‘पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस’ मा लगिएको छ । उहाँ कति दिन अस्पताल बस्नुहुनेछ यो सबै चिकित्सकको सल्लाहमा निर्भर हुनेछ,” जावेदले भने ।
आफूलाई लक्षित गरी पाकिस्तानी शक्तिशाली सुरक्षा समूहबाट खतरा रहेको बताउने शरीफले निर्वाचनमा आफ्नो दल पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) गत बुधबार भएको निर्वाचनमा प्रसिद्ध पूर्व क्रिकेट खेलाडी इमरान खानको पाकिस्तान तेहरिक–ए–इन्साफसँग पराजीत बनेपछि आफ्नो राजनीतिक जीवनलाई जोगाउन सङ्घर्ष गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया