बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई विभिन्न स्थानहरुमा ४५ प्रतिशतसम्मको छुट

लोकपथ
441
Shares

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई देशका विभिन्न स्थानहरुमा ४५ प्रतिशतसम्मको छुट उपलब्ध गराउन विभिन्न होटल, रेस्टुरेन्ट, बुटिक, जिम/फिटनेस सेन्टर, अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिकहरुसँग सम्झौता गरेको हो ।

सम्झौता पश्चात् बैंकका कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले होटल तथा रेस्टुरेन्टअन्तर्गत Purple Haze Restro and Garden, एयरपोटचोक, विराटनगरमा १५ प्रतिशत, Mitho Restaurant and Thakali Kitchen, विर्तामोडमा १०%, Nobel Hotel and Swimming Complex Pvt. Ltd., इमाडोलमा १० प्रतिशत, Meeting Point Restaurant & Bar, विर्तामोडमा ५ प्रतिशत, Hotel Earth Light Pvt. Ltd, सौरहा, चितवनमा २० प्रतिशत, Chicken Station, इमाडोलमा १०% तथा Solmari Restro & Meeting Pvt. Ltd इमाडोलमा १५ प्रतिशतको छुट पाउनेछन् ।

अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिक अन्तर्गत : Medicity Pharmacy, विर्तामोडमा १०%, Ramjanaki Hospital Pvt. Ltd., जनपुरमा १५% तथा Namo Manakamana Dental and Clinic Pvt. Ltd, इमाडोलमा २५ प्रतिशतको छुटको व्यवस्था रहेको छ ।

साथै, बुटिक अन्र्तगत बैंकका कार्ड तथा मोबाईल बैंकिङ प्रयोगकर्ता महानुभावहरुले विराटनगरको पिपलचोकमा रहेको Tanashqa Fashion Studio मा १५% छुट पाउनुहुनेछ । जिम/फिटनेस सेन्टरअन्तर्गत Shapes Fitness Gym, ढल्कोमा विभिन्न योजनाहरुमा ४५ प्रतिशतसम्मको छुट रहेको छ । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?