ब्रोकर कम्पनीको संख्या पुनरावलोकन जरुरी छ : कृष्णबहादुर कार्की

लोकपथ
63
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले ब्रोकर कम्पनीको संख्या पुनरावलोकन जरुरी रहेको बताए । नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार आयोजना गरेको पुँजी बजार सम्मेलनमा बोल्दै उनले ब्रोकर कम्पनीको संख्या पुनरावलोकन गर्ने विषयमा आफूहरु सबैसँग छलफल गरेर अध्ययन भइरहेको बताए ।

कार्कीले नेपाली पूँजी बजारको विकास र विस्तारका लागि नेप्से सकारात्मक रहेकाले आवश्यकता अनुसार नीतिगत सुधारका प्रयास भइरहेको बताए ।

बजारप्रति सर्वसाधारण तथा युवा वर्गको चासो बढ्दै गएकाले नेप्सेलाई प्रविधि मैत्री बनाउने विषयमा नेप्से लागि रहेको बताए । सेयर बजारलाई परिपक्व बनाउन सेयर बजार र लगानीकर्ता आफूले किन्ने कम्पनीको बारेमा पूर्ण जानकार हुनुपर्ने उनको भनाइ छ । उनले साना तथा मझौला कम्पनीहरुलाई नेप्सेले एसएमई इन्डेक्स प्लाटफर्म निर्माण गर्ने बताए ।

रियल क्षेत्रका कम्पनीहरुलाई पनि नेप्सेमा ल्याउनको लागि आवश्यक गृहकार्य भइरहेको उनले बताए । कार्कीले एसएमई इन्डेक्स प्लाटफर्म निर्माण गर्न छिटै कार्यदल गठन गरेर अध्ययन अघि बढाउने तयारीमा नेप्से रहेको बताए ।

हाल संचालनमा रहेको ओटिसी प्लाटफर्म समेत प्रारम्भिक चरण मै रहेको भन्दै कार्कीले सात लाखभन्दा बढी कम्पनीहरु रजिष्ट्रार कार्यालयमा दर्ता रहँदा २५२/५४ कम्पनी मात्रै हाल ओटिसीमा आबद्ध भएको बताए । ओटिसी प्लाटफर्म पनि प्रभावकारी र प्रविधिमैत्री बनाएर जाने तयारीमा रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?