सबै क्षेत्रको लगानी सन्तुलन नहुँदा सेयर बजारमा उतारचढाव आयो : अध्यक्ष हमाल

लोकपथ
63
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले २ महिनाभित्रै विदेशमा रहेका नेपाली श्रमिकलाई साधारण सेयर (आईपीओ)मा कोटा दिने व्यवस्था गर्ने बताए ।

उनले श्रमिकलाई आईपीओमा कोटा दिन कार्यविधि बनिरहेकाले मन्त्रीपरिषद्बाट पास हुने बित्तिकै लागू गरिने बताए । अध्यक्ष हमालले पछिल्लो समय अत्याधिक रुपमा सेयर बजारमा उतारचढाव आउनु सबै क्षेत्रको लगानी सन्तुलन नहुनु भएको बताए ।

बजारमा ठूलो लगानी भएको क्षेत्र समावेश गराउने प्रयास भइरहेको उनको भनाइ छ । सेयर बजारमा ठूला रियल क्षेत्रका कम्पनीलाई बुक विल्डिङमार्फत ल्याइने अध्यक्ष हमालले बताए। रियल क्षेत्रका कम्पनीलाई सेयर बजारमा बुक विल्डिङमार्फत बजारमा ल्याउन चुनौती रहेको उनको भनाइ छ। उनले पछिल्लो समय बुक विल्डिङ सिस्टमका विषयमा गलत प्रचार भएकाले त्यसलाई पारदर्शी बनाएर लानुपर्ने आवश्यक रहेको स्पष्ट पारे ।

अध्यक्ष हमालले एनआरएनलाई पनि ३ महिनाभित्रमा नेपाली सेयर बजारको सेकेण्डरी मार्केटमा लगानी गर्न दिने व्यवस्था गर्ने बताए । उनले नेपाल सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय अनुसार सेयर मार्केट शुक्रबार पनि खोल्ने निर्णय गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?