इटहरीमा क्यान्सरपीडितलाई सहयोग

इटहरी : क्यान्सर रोगद्वारा पीडित विकास राईलाई आर्थिक सहयोग प्राप्त भएको छ । 

आर्थिक अवस्था कमजोर भएका उदयपुर कटारी निवासी राईलाई धरानमा आइतबार आयोजित कार्यक्रममा १ लाख तीन हजार ६५० रूपैयाँ बराबरको नगद सहयोग प्रदान गरिएको हो । 

लामो समयदेखि धनकुटाको भेडेटारमा कुकको काम गर्दै आएका क्यान्सर पीडित राईलाई केही महिनाअघि मलद्वारमा क्यान्सर भएपछि उपचार गर्न पैसा नभएकाले उनका परिवारले सामाजिक सञ्जालमा ज्यान बचाउन सहयोगका लागि अपिल गरेका थिए। 

सामजिक सञ्जालको अपिल देखेर नेपाल तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष तथा नेपाली काँग्रेस बर्दियाका महासमिति सदस्य जन्मजय तिमिल्सिनाले नेपाल दक्षिण कोरिया जनसम्पर्क समितिसँग पहल गरी उक्त रकम संकलन गरी नेपाल तरुण दल धनकुटाका अध्यक्ष दिनेश राईलाई उपलब्ध गराएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?