न्यूयोर्क टाइम्सका प्रकाशकद्वारा ‘पत्रकारलाई जनताको शत्रु’ नभन्न ट्रम्पलाई आग्रह

एजेन्सी : द न्यूयोर्क टाइम्सका प्रकाशकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘पत्रकारलाई जनताको शत्रु’ भनेर गर्दै आएको टिप्पणी रोक्न आग्रह गरेका छन् ।

ट्रम्पका यस्ता टिप्पणीले मिडिया विरूद्धको हिंसा भडकाउने भन्दै प्रकाशक एजी सुल्जबर्गले यस्तो आग्रह गरेका हुन् ।

ट्रम्पले बैठकबारे ट्विटेपछि सुल्जबर्गले उनीहरूको ‘अफ द रेकर्ड बैठक’को विवरण सार्वजनिक गरे ।

शुरूवातामा राष्ट्रपति ट्रम्पले यसलाई धेरै राम्रो बैठक भने टिप्पणी गरे ।  

तर पछि ट्रम्पले मिडियामाथि आरोप लगाए । उनले मिडियाले आफ्नो रिपोर्टिंगद्वारा मानिसका जीवन जोखिममा पारिरहेको आरोप लगाए ।

ट्रम्पले ट्विटरमा लेखेका छन् “गलत समाचार(फेक न्युज)का बारेमा बोल्न धेरै समय खर्चे र यो फेक न्यूजले एक पदावली बन्न गएको छ ‘ जनताको दुश्मन’ धेरै दुखदायी विषय हो ।”

द न्यूयोर्क टाइम्सले ट्रम्पको टिप्पणीप्रति प्रतिक्रिया जनाउँदै  एक विज्ञप्ति सार्वजनिक ग¥यो । सुल्जबर्गरले ट्रम्पसँग भेटेर प्रेस विरूद्ध दिने गरेको दुखदायी टिप्प्णीबारे चिन्ता जाहेर गरेको बताए ।

सुल्जबर्गरले त्यसक्रममा आफूले पत्रकारहरूलाई जनताको शत्रु भनि गरेको टिप्प्णी धेरै चिन्ताको विषय भएको भनि ट्रम्पलाई भनेको जनाए ।

यस्ता आगो लगाउने भाषाले  पत्रकारहरू विरूद्धको खतरा बढाउनेछ र यसले हिंसा भडकाउने भनेर ट्रम्पलाई आफूले सजग गराएको सुल्जबर्गरले बताए ।

आफूले ट्रम्पलाई आफ्नो अखबारबारे असन्तुष्टि भए आलोचना गर्न भन्दै सुल्जबर्गरले आमरूपमा पत्रकारितामाथि गर्ने गरेको आक्रमणबारे पुनर्विचार गर्न आग्रह गरेको स्पस्ट पारे ।

सुल्जबर्गको विज्ञप्तिपछि ट्रम्पले ट्विटे “सरकारको आन्तरिक विचार विमर्शलाई  समाचार बनाएपछि पत्रकार मात्रै होइन धेरै मानिसको जीवन जोखिममा पर्छ ।”

साथै ट्रम्पले ट्रम्पको अव्यवस्थाबाट अभिप्रेरित पागलपनबाट मिडिया परिचालित भएको बताए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?