इंग्ल्याण्ड । लर्ड्समा सम्पन्न त्रिकोणात्मक टि-२० सिरिजमा नेपाल र नेदरल्याण्ड्स संयुक्त विजेता बनेका छन् ।
इंग्ल्याण्डको लर्डस मैदानमा आइतबारराति सम्पन्न भएको खेलमा दुवै टिमले समान एक-एक खेल जित्दै उपाधि बाडेका हुन् ।
मेरिलेबोन क्रिकेट क्लब ‘एमसीसी’लाई नेपाल र नेदरल्याण्ड्सले हराएका थिए । यता, नेपाल र नेदरल्याण्ड्सबीचको खेल भने वर्षाले प्रभावित भएपछि दुवै टिमलाई संयुक्त विजेता घोषणा गरिएको हो ।
‘एमसीसी’ विरुद्धको खेल पनि वर्षाले प्रभावित बनेपछि खेल ६ ओभरमा खेलाइएको थियो ।
लर्डस मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले ४ विकेटको क्षतिमा १ सय ६४ रन बनाउँदा पानी परेको थियो । १६ दशमलब ४ ओभरमा पानी पर्न शुरु गरेपछि स्थगित भएको खेल पुनः सुचारु हुन सकेन् ।
नेदरल्याण्ड्स लागि वेस्ले बेरेसीले ४४ रन तथा रियान टेन डसस्केचले ३७ रन जोडेका थिए । त्यस्तै, मिचले रिप्पोनले ३८ तथा स्कट एडवार्डले ३७ रनको योगदान दिए। नेपालका बसन्त रेग्मी, करन केसी र सोमपाल कामीले समान एक—एक विकेट लिएका थिए ।
यस अघि भएको मेरिलेबोन क्रिकेट क्लब ‘एमसीसी’ विरुद्धको खेलमा नेपालले ९ विकेट जित हात पारेको थियो ।
तस्वीरः रमन शिवाकोटी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया