काठमाडौं । फिल्म ‘घामपानी’ निर्देशन गरेर चर्चामा आएका दीपेन्द्र लामाले निर्देशन गर्ने चलचित्र ‘गोपी’ मा वर्षा शिवाकोटीको इन्ट्री भएको छ ।
चलचित्र टिमले यसअघि औपचारिक घोषणा गर्दै खगेन्द्र लामिछाने र सुरक्षा पन्तलाई अनुबन्ध गरेको थियो । कथाको मागअनुसार नै फिल्ममा वर्षाको इन्ट्री गरिएको दीपेन्द्र लामाले बताए ।
प्रेमकथामा आधारित यो फिल्मको पटकथा अनुसार वर्षा सुहाउने भएकाले निर्माण टिमले वर्षालाई लिएको बताएको छ ।
यता निर्माता खगेन्द्र लामिछानेले पनि आफूले पहिले नै काम गरेका कलाकारसँग काम गर्दा रमाइलो लागेको बताए । ‘यो रमाइलो संयोग हुन पुग्यो, वर्षा र सुरक्षा दुवैसँग काम गर्दा राम्रो अनुभव थियो ।’, खगेन्द्रले भने ।
आरोही केसी निर्माता र श्रीधर पौडेल कार्यकारी निर्माता रहेको यो फिल्म छायांकनको तरखरमा रहेको छ ।
चलचित्र आउँदो वर्षको चैत १५ गतेलाई रिलिज मिति तय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया