पारस खड्का : खेलाडी देखि कप्तानसम्मको रोचक यात्रा

काठमाडौं । पारस खड्का, एक सफल खेलाडी तथा कप्तान । 

उनको परिचय यति मात्र हैन, उनी राष्ट्रिय टिमका भरपर्दा अलराउन्डर र मिडियम फास्ट बलर तथा अफ स्पिन बलर पनि हुन् ।

नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको २२ वर्ष नाघिसक्यो । तर, उनकै कप्तानीमा आजको दिनमा नेपालले एक दिवसीय क्रिकेट खेल्दैछ । आठ वर्ष अगाडी नेपालले आईसिसि वल्र्ड डिभिजन लिग खेलेको नेपाल सन् २०१८ मा आइपुग्दा ‘ओडिआई’ खेल्ने राष्ट्र बनिसकेको छ ।  

यसै वर्ष नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन ‘टु’ मा सफल हुँदै जिम्वावेमा विश्वकपको छनोटमा स्थान बनाउनु नै हाम्रो ठूलो उपलब्धि हो ।

नेपाल जस्तो भूपरिवेष्ठित राष्ट्र कसरी ‘ओडिआई’ खेल्ने देश बन्यो ? 

यो चर्चा अहिले अन्तर्राष्ट्रिय खेल जगतमा चल्न थालेको छ । दक्षिण एसियाली राष्ट्रमा भारत, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, अस्ट्रेलिया अरु देशको तुलनामा निक्कै बलियो टिम मानिन्छन् । तर, बलियो राष्ट्र बन्ने दौडमा अहिले नेपाली टिम पनि रहेको छ । 

नेपाल एक दिवसीय खेल्ने शीर्ष १६ राष्ट्रहरुमा अँटाइसकेका छन् र आगामी चार वर्षसम्मका लागि निर्धक्क भएर खेल्छन् ।

नेपालले यही बुधवार र शुक्रवार नेदरल्याण्ड्ससँग पहिलो एक दिवसीय सिरिज खेल्दैछ । सन् २००४ मा मलेसियाविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका पारसको कप्तानीमा नेपाली टिमले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि पनि जितिसकेको छ । 

नेपालले सन् २०१३ को नोभेम्बरमा सम्पन्न खेलमा हङकङलाई अन्तिम बलमा पराजित गर्दै आइसिसि विश्व टि—२० को स्थान बनाएको थियो । उनले भनेका छन् ‘हाम्रो टिमले वान डे को मान्यता पाउनु नै सबैभन्दा खुशीको क्षण हो । अब हाम्रो लक्ष्य भनेको टेस्ट मान्यता पाउनु हो ।’ 

पहिलो एक दिवसीय खेल्नु अघि नर्भस भएको भन्दै कप्तान पारसले टि—२० विश्वकमा बंगलादेश, हङकङ र अफगानिस्ताविरुद्धको खेलमा उत्कृष्ट खेलेको बताए । 

‘यसै वर्ष नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन ‘टु’ मा सफल हुँदै जिम्वावेमा विश्वकपको छनोटमा स्थान बनाउनु नै हाम्रो ठूलो उपलब्धि हो । यो वर्ष हामीले तय गरेको लक्ष्यसम्म पुग्न सफल भएका छौँ । मेहनत गरेमा असम्भव केही पनि छैन । उनले बताए ।

 अहिलेसम्म बाह्र टि–२० प्रतियोगिता खेलिसकेका खड्काले आगामी सन् २०२३ मा हुने विश्वकप खेल्ने रणनीतिका साथ अघि बढिरहेको पनि बताए । 

‘हाम्रो अबको सपना भनेको टेस्ट मान्यता पाउने राष्ट्रसँग र वल्र्ड कप खेल्ने छ । त्यसका लागि हामी अहिलेदेखि नै तयारी गरिरहेका छौँ । यसका लागि नेपाल सरकारले क्रिकेटलाई अघि बढ्न सहयोग पनि गर्न खोजिरहेको छ, र हामीले चाँडै नै क्रिकेटको आधिकारीक बोर्ड पनि पाउँदैछौं।’ उनले भने ।

 नेदरल्याण्ड्सविरुद्धको खेलमा मौकाहरुपनि धेरै भएको भन्दै राम्रो प्रदर्शन गर्ने तयारीमा रहेको कप्तान खड्काले बताए । 

सन् २००२ मा १५ वर्षको उमेरमा यू—१५ राष्ट्रिय क्रिकेट खेलेका उनले सन् २००३ मा पाकिस्तानमा भएको युथ एशिया कपमा यू—१९ मा पनि सहभागी भएका थिए ।

विद्यार्थी जीवनदेखि नै खेल खेल्ने पारस पहिले फुटबल खेल्थे । उनले पानी परेको बेला फुटबल र रेस्टको बेला क्रिकेट खेल्ने गरेको उनले बताए । त्यतिबेला अस्ट्रेलियाको खेल हेर्ने गरेको उनले सम्झिए । 

उनले आइसीसी यू—१९ विश्वकप क्रिकेटमा दक्षिण अफ्रिका, न्युजील्याण्ड र जिम्वावेविरुद्ध उत्कृष्ट खेल खेलेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?