एन्फाले किन माग्यो चार फुटबल खेलाडीलाई स्पष्टीकरण

काठमाडौं । आसन्न १३ औं एशियाड  र साफ च्याम्पियसिपको बन्द प्रशिक्षणमा रहेका चार खेलाडीसँग अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले स्पष्टिकरण मागेको छ । 

एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार बसेको एन्फाको बैठकले घटनामा संलग्न खेलाडीलाई पहिलो चरणमा स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

खेलाडीले डिस्को गएर मादक पदार्थ सेवन गरी हो–हल्ला गरेको भन्ने समाचार सार्वजनिक भएपछि एन्फाले विमल घर्तीमगर, अञ्जन विष्ट, विशाल राई र हेमन्त थापा मगरलाई तीन दिनभित्र लिखित स्पष्टिकरण पेश गर्न निर्देशन दिएको हो ।

एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले चार जना खेलाडीले सोमबार मौखिक रुपमा स्पष्टिकण लिएका छन् ।

एन्फाका प्रवक्ता किरण राईले खेलाडीहरुले ७२ घण्टाभित्र लिखित स्पष्टिकरण दिएपछि उनीहरुलाई गर्ने कारबाहीबारे छलफल हुने जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?