सिटिजन्स बैंकको ४ लाख ६३ हजार कित्ता एफपीओ अाजदेखि

काठमाडाैं : सिटिजन्स बैंकले अाज (मंगलबार) देखि ४ लाख ६३ हजार ८ सय २६ कित्ता एफपीअो अावेदन खुला गरेको छ। अंकित मूल्य १ सय रूपैयाँमा १ सय रूपैयाँ प्रिमियम थपि प्रतिकित्ता २ सय रूपैयाँका दरले सिटिजन्सले एफपीअो बिक्री खोलेको हो । 

साउन १८ गतेसम्म एफपीअो भर्न सकिने सिटिजन्सको बिक्री प्रबन्धक ग्लोबल अार्इएमर्इ क्यापिटलले जानकारी दिएको छ। साउन १८ गतेभित्र एफपीअो नबिकेमा भदाै १४ गतेसम्म समय थपिनेछ । 

संस्थापक र साधारण सेयरधनीको सेयर स्वामित्व अनुपात क्रमश: ५१ र ४९% कायम गर्न सिटिजन्सले एफपीओ जारी गरेको हो । शेयर लगानीकर्ताले न्युनतम ५० कित्तादेखि अधिकतम २ हजार ३ सय कित्तासम्मका लागि अावेदन दिन सक्नेछन् । 

सिटिजन्सको एफपीकोका लागि सि-अास्वाबाट अावेदन दिनुपर्ने बतार्इएको छ। इक्रा नेपालले सिटिजन्सको एफपीअोलार्इ ३ प्लस रेटिङ दिएको छ । 

एफपीओ बिक्रीपछि सिटिजन्सले चुक्ता पुँजी ८ अर्ब ७ करोड ९६ लाख १९ हजार रुपैयाँ पुग्ने जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?