फाइजी मोबाइल ल्याउन टी मोबाइलको नोकियासँग सम्झौता

एजेन्सी :अमेरिकाको मोबाइल कम्पनी टी मोबाइलले अमेरिकी नेटवर्कलाई फाइव जी नेटवर्कमा स्तरोन्नति गर्न नोकियासँग ३.५ अर्ब अमेरिकी डलर बराबरको सम्झौता गरेको छ ।

फाइजी सम्बन्धी यो फाइव जी सम्झौता विश्कै सबै भन्दा ठूलो सम्झौता भएको जनाइएको छ ।

अमेरिकी टेलिकम क्षेत्रको ठूला कम्पनी भेरिजन र एटी एन्ड टीसँग प्रतिस्पर्धा गर्न अमेरिकाको तेस्रो नम्बरको कम्पनी टी मोबाइल स्प्रिन्टसँग गत अप्रिलसँग मर्जर गर्न सहमत भएको थियो ।

यो सम्झौता अनुसार नोकियाले फाइव जी सेवा उपलब्ध गराउनेछ ।

फिनल्यान्डको मोबाइल कम्पनी नोकियाका लागि टी मोबाइलको अवसर महत्वपूर्ण हुने भएको छ ।

नोकियाको फोर जी नेटवर्कको माग अहिले त्यति राम्रो नभएकाले फाइव जीले उसको व्यवसायलाई यो वर्ष मुनाफामा लाने हो होइन भने अपेक्षा बढेको छ ।

फाइव जी नेटवर्कले तीव्रगतिको मोबाइल फोन सेवा उपभोक्तालाई उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

यसले नयाँ औद्योगिक स्वचालन, चिकित्सा क्षेत्रको पर्यवेक्षण, चालकविहीन कार र अन्य व्यवसायका लागि तीव्रगतिको सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

ह्वाइट हाउसका अनुसार फाइव जी मोबाइल फोन र ट्याब्लेटका लागि फुल आकारको एचडी सिना ५ सेकेन्ड भन्दा कम समयमा डाउनलोड गर्न सकिन्छ ।

अर्को शब्दमा भन्दा फोरजीको तुलनामा यो १०० गुना बढी दु्रत गतिको हुन्छ भने थ्री जीको तुलनामा २५ हजार गुना द्रुत गतिको हुन्छ ।

यो सम्झौता अनुसार नोकियाले ५ जीको हार्डवेयर, सफ्टवेयर र अन्य सेवा उपलब्ध गराउनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?