सिंगापुर । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन ‘पिएसजी’ले प्रि-सिजन अन्तर्गत इन्टरनेशनल च्याम्पियन्स कपको खेलमा जित हात पारेको छ ।
सोमबारराति सम्पन्न भएको खेलमा ‘पिएसजी’ले एट्लेटिको म्याड्रिडलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
खेलको ३२ औं मिनेटमा पिएसजीका लागि क्रिस्टोफर एनकुन्कुले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म एक—शुन्य गोल अन्तरले अगाडी रहेको पिएसजीले ७१ औं मिनेटमा दोस्रो गोल गर्यो । मौसा डेबीले पिएसजीका लागि दोस्रो गोल गरेका हुन् ।
प्रतिस्पर्धात्मक खेलको ७५ औं मिनेटमा म्याड्रिडका लागि भिक्टोर मोलेजोले गोल गर्दै खेललाई २-१ को स्थितीमा ल्याए ।
यता, ८६ औं मिनेटमा पिएसजीका एन्टोनी बर्नान्डेले आत्मघाती गोल गरे । खेल सकिनै लाग्दा पिएसजीका भिर्गिलियु पोस्टोलचीले गोल गरेपछि एट्लेटिको म्याड्रिड स्तब्ध बनेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया