‘ओडिआई’ खेल बुधवार हुँदै, यस्तो छ नेपाल र नेदरल्याण्ड्सबीचको ‘हेड टु हेड’

काठमाडौं । नेपाल र नेदरल्याण्ड्सबीचको पहिलो एक दिवसीय क्रिकेट ‘ओडिआई’ बुधवार शुरु हुँदैछ । 

अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २२ वर्ष नाघिसक्दा बल्ल नेपालले एक दिवसीय क्रिकेट खेल्न लागेको हो । नेपालले बुधबार क्रिकेट इतिहासमा पहिलो पटक नेदरल्याण्ड्ससँग २ खेलको सिरिज खेल्न लागेको हो ।

नेपाल र नेदरल्याण्ड्सले बुधबार र शुक्रबार ५० ओभरको खेल खेल्नेछ । गत मार्चमा जिम्वावेमा भएको एक दिवसीय विश्व छनोट खेलमा नेपालले एसोसिएटतर्फ उत्कृष्ट तीनमा पदै ‘ओडिआई’ को मान्यता पाएको थियो ।

नेपाल र नेदरल्याण्ड्स यसअघि पनि आमने—सामने भइसकेका छन् । यि दुवै टिमले ५० ओभर र टि—२० मा भिडिसकेका छन् । ५० ओभरको खेलमा नेपाल र नेदरल्याण्ड्स ५ पटक प्रतिस्पर्धा गरेको थियो ।

जसमा नेपालले २ खेल जितेको थियो भने, ३ खेलमा हार व्यहोरेको थियो ।

यता, सन् २०१४ मा न्यूजिल्याण्डमा सम्पन्न विश्वकप छनोटको प्लेअफ खेलमा नेपाल नेदरल्याण्ड्ससँग ७ विकेटले पराजित भएको थियो । त्यस्तै, नामिबियामा सन् २०१५ मा सम्पन्न आइसिसि वल्र्ड डिभिजन ‘टू’ मा नेपालले नेदरल्याड्सलाई हराएको थियो ।

सन् २०१५ देखि २०१७ सम्मको वल्र्ड क्रिकेट लिगमा भने दुवै टिमले एक—एक खेल जितेको थियो । गत मार्चमा जिम्वावेमा भएको विश्वकप छनोटको प्लेअफमा नेपाल नेदरल्याण्ड्ससँग ४५ रनले पराजित भएको थियो । 

नेपाली टिम :-
पारस खड्का ‘कप्तान’, वसन्त रेग्मी, अनिलकुमार साह, ज्ञानेन्द्र मल्ल, करण केसी, दीपेन्द्रसिंह ऐरी, शक्तिप्रसाद गौचन, शरद भेषवाकर, ललित भण्डारी, ललित राजवंशी, मोहम्मद आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, सोमपाल कामी, सुवास खकुरेल

वैकल्पिक खेलाडी :-
प्रदीप ऐरी, विनोद भण्डारी, सुसन भारी, सुनील धमला, 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?