काठमाडौं : सिन्धुपाल्चोकको बलेफी सडकखण्डमा पहिरो जाँदा अरनिको राजमार्गमा यातायात अावागमन अवरूद्द भएको छ ।
सडक अवरूद्द हुँदा अरनिको राजमार्ग हुँदै संघीय राजधानी काठमाडाैं, सिन्धुपाल्चोक, दोलखा र रामेछाप गन्तव्य बनाएर गुडेका सवारीसाधनहरू बीच बाटोमै अलपत्र परेका छन् ।
अहिले सिन्धुपाल्चोकको खाडीचाैर, लामोसाँघु र बाह्रबिसे जाने/अाउने सवारीसाधन चलेका छैनन् । यस्तै, दोलखा र रामेछापमा चल्ने सवारीसाधनहरू काभ्रेको बनेपा हुँदा सिन्धुलीको फुर्कोट निस्किएर बैकल्पिक मार्गबाट अावतजावत भर्इरहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
सिन्धुपाल्चोकको खाडीचौर, लामोसँघु, बार्हबिसे जाने आउने गाडी चलेका छैनन भने रामेछाप, दोलखा जाने आउने गाडी काभ्रेको बनेपा हुँदै फुर्कोट निस्कने वैकल्पिक मार्गबाट पास भइरहेका प्रहरीले जनाएको छ ।
यो बर्खामा बलेफी सडक खण्ड निकै पटक अबरूद्द भएको छ । २०७२ मा गएको भूकम्पका कारण यो सडकखण्डक पहाड पहिरोको उच्च जोखिममा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया