बेलायती प्रधानमन्त्रीमा बोरिस जनसनको सम्भावना

एजेन्सी : बेलायती प्रधानमन्त्री टेरिजा मेको उत्तराधिकारीको रूपमा बोरिस जनसन उदाएका छन् ।

पूर्व विदेशमन्त्री जनसनसँग पार्टीको एक तिहाई सदस्यको समर्थन प्राप्त रहेको एक सर्भेक्षणमा देखिएको छ ।

कन्जरभेटिभी होम नामक वेबसाइटमा गरिएको मत सर्भेक्षणमा यस्तो देखिएको हो ।

जनसनले जुलाई ९ महिनामा राजीनामा दिन अघि उनलाई ८ प्रतिशत जति मात्र समर्थन थियो ।

राजीनामा दिइरहेका बेला आफ्नो सम्बोधनमा प्रधानमन्त्रीप्रति शंका व्यक्त गरेका थिए ।

प्रधानमन्त्री मेले युरोपबाट बेलायत अलग हुने प्रस्ताव ब्रेग्जिटको सम्बन्धमा प्रस्तुत गरेको प्रस्तावप्रति जनसनले असहमति जनाएका थिए ।

तर आफ्नो १२ मिनट लामो सम्बोधनमा प्रधानमन्त्री मेलाई सीधा चुनौती भने दिएका थिएनन् ।

उनले प्रधानमन्त्रीलाई दिशा परिवर्तन गन आग्रह गरेका थिए । ब्रेग्जिटलाई जोगाउन अझ ढिला भइनसकेको बताउँदै उनले यो शरदऋतुमा युरोपियन युनियनबाट बेलायत अलग हुने सुनिश्चितताको खोजी गर्नुपर्ने बताए ।

राजीनामा दिएपछि पूर्व विदेशमन्त्री जनसन टेलिग्राफको स्तम्भकारको भूमिकामा फर्के ।

राजनीतिक नियुक्तिका लागि  उनले एडभाइजरी कमिटिी अन बिजनेस एपोन्टमेन्ट्स अकोबामा आवेदन दिनुपर्छ ।

मन्त्रीहरूको अचारसंहिता अनुसार  पूर्व मन्त्रीहरूलाई नयाँ भूमिकामा जानका लागि आवेदन दिनुपर्ने हुन्छ । सो नियम अनुसार क्याबिनेटका मन्त्री भइसकेकाहरूलाई राजीनामा दिएको तीन महिना भित्र कुनै पद धारण गर्न पाइदैन् ।

जुलाई २०१६मा विदेश मन्त्रीमा नियुक्त हुनुअघि जनसन अखबारबाट पौने तीन लाख वार्षिकको काम गरिरहेका थिए ।

सो काम छोडेर मन्त्री बनेका थिए । काममा फर्केपछि जनसनले बेलायत ब्रेग्जिटपछिको अवस्थामा विश्वास गर्नुपर्छ भन्ने लेख गत महिना लेखे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?