काठमाडौं । २ दशक लामो अन्तराष्ट्रिय सहभागिता पछि नेपालले आज ऐतिहासिक एक दिवसीय क्रिकेट खेल्दैछ ।
नेदरल्याण्ड्सविरुद्धको खेलसँगै नेपालले एकदिवसीय खेलमा डेब्यू गर्नेछ ।
नेपाल र नेदरल्याण्ड्सबीचको पहिलो एक दिवसीय क्रिकेट ‘ओडिआई’ आज दिउँसो पौने ३ बजेपछि शुुरु हुँदैछ । यी दुई टिमबीचको खेल आम्सटर्डमको भिआरए मैदानमा हुँदैछ ।
गत मार्चमा जिम्वावेमा भएको एक दिवसीय विश्व छनोट खेलमा नेपालले एसोसिएटतर्फ उत्कृष्ट तीनमा पदै ‘ओडिआई’ को मान्यता पाएको थियो ।
नेपाल र नेदरल्याण्ड्स यसअघि पनि आमने—सामने भइसकेका छन् । यि दुवै टिमले ५० ओभर र टि—२० मा भिडिसकेका छन् । ५० ओभरको खेलमा नेपाल र नेदरल्याण्ड्स ५ पटक प्रतिस्पर्धा गरेको थियो । जसमा नेपालले २ खेल जितेको थियो भने, ३ खेलमा हार व्यहोरेको थियो ।
यता, सन् २०१४ मा न्यूजिल्याण्डमा सम्पन्न विश्वकप छनोटको प्लेअफ खेलमा नेपाल नेदरल्याण्ड्ससँग ७ विकेटले पराजित भएको थियो । त्यस्तै, नामिबियामा सन् २०१५ मा सम्पन्न आइसिसि वल्र्ड डिभिजन ‘टू’ मा नेपालले नेदरल्याड्सलाई हराएको थियो ।
सन् २०१५ देखि २०१७ सम्मको वल्र्ड क्रिकेट लिगमा भने दुवै टिमले एक—एक खेल जितेको थियो । गत मार्चमा जिम्वावेमा भएको विश्वकप छनोटको प्लेअफमा नेपाल नेदरल्याण्ड्ससँग ४५ रनले पराजित भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया