काठमाडौं । चालू आर्थिक वर्षको ९ महिनामा विदेशी विनिमय सञ्चिति १६.५ प्रतिशतले घटेको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकअनुसार चैत्र मसान्तमा विदेशी विनिमय सञ्चिति ११ खर्ब ६७ अर्ब ९२ करोड कायम भएको छ । असार मसान्तसम्म मुलुकमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको विनिमय सञ्चिति रहेको थियो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ चैत्रमसान्तमा १८.२ प्रतिशतले कमी आई ९ अर्ब ६१ करोड कायम भएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७८ चैत्र मसान्तमा १७.९ प्रतिशतले घटेर १० खर्ब २१ अर्ब ४५ करोड कायम भएको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा १ खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७८ चैत्र मसान्तमा ५.१ प्रतिशतले घटेर १ खर्ब ४६ अर्ब ४८ करोड रुपैयाँ कायम भएको छ । २०७८ चैत्र मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया