‘ओडीआई’: सन्दिपले झारे नेदरल्याण्ड्सको तेस्रो विकेट विकेट

काठमाडौं । नेदरल्याण्ड्सविरुद्धको पहिलो एक दिवसीय खेलमा सन्दिप लामिछानेले तेस्रो विकेट लिएका छन् । 

उनले नेदरल्याण्ड्सका स्टेफेन माइबर्गलाई बोल्ड गदै आउट गरे । माइबर्गले ३२ बलमा २९ रन जोडेका थिए । उनले ४ चौका र १ छक्का प्रहार गरेका थिए । त्यस्तै, कप्तान पारस खड्का र सोमपाल कामीले समान एक—एक विकेट लिइसकेका छन् । 

सोमपालले पहिलो विकेट लिदैं ’ओडीआई’मा पहिलो विकेट लिने नयाँ रेकर्ड बनाइसकेका छन् । सोमपालले नेपालको लागि पहिलो ‘ओडिआई’मा पहिलो बल फाल्ने, पहिलो विकेट लिने र पहिलो मेडन ओभर फाल्ने कीर्तिमान बनाउन सफल भए ।

सोमपालले नेदरल्याण्ड्सका ओपनर ब्याट्सम्यान डिजे टर ब्राकलाई बोल्ड आउट गर्दै सोे रेकर्ड बनाएका हुन् । नेदरल्याण्ड्सविरुद्ध टस हारेर पहिले बलिङ गरेको नेपालका लागि सोमपालले पहिलो ओभर बलिङ गरेका थिए । उनले २ ओभर बलिङ गर्दै ३ रन खर्चेर १ विकेट लिइसकेका छन् । 

यता, कप्तान पारसले बेन कोपेरलाई एलबिडब्लुमा आउट गरे । बेनले नेदरल्याण्ड्सका लागि १७ बलमा ४ चौका प्रहार गर्दै २० बनाएका थिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?