‘ओडीआई’ : नेदरल्याण्ड्स र नेपालबीचको खेल जारी

काठमाडौं । नेपाल र नेदररल्याण्ड्सबीचको पहिलो एक दिवसीय खेल भइरहेको छ । 

नेदरल्याण्ड्सले यो समाचार तयार पार्दासम्म २६ दशमलब २ ओभरमा ४ विकेट गुमाउँलै १ सय ११ रन बनाएको छ । 

आम्सटर्डमको  भिआरए मैदानमा भइरहेको खेलमा नेदरल्याण्ड्सले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ भने नेपालले बलिङ गरिरहेको छ । नेदरल्याण्ड्सका लागी ओपनर ब्याट्सम्यान स्टेफेन माइबर्गले २९ रन जाड्दै आउट भए ।

माइबर्गले ३२ बलमा २९ रन जोडेका थिए । उनले ४ चौका र १ छक्का प्रहार गरेका थिए । ड्यानियल टेर ब्राक मात्र १ रन बनाएर आउट भए । बेन कोपेरले २० तथा वेस्ले बार्रेसी मात्र १२ रन बनाएर आउट भएका थिए ।

बेनले नेदरल्याण्ड्सका लागि १७ बलमा ४ चौका प्रहार गरेका थिए । नेपालका लागि कप्तान पारस खड्काले दुई विकेट लिएका छन् । सोमपाल कामी र सन्दिप लामिछानेले समान १—१ एक विकेट लिए ।  

सोमपालले नेपालका लागि पहिलो विकेट लिदैं ‘ओडीआई’मा पहिलो विकेट लिने रेकर्ड बनाइसकेका छन् ।

सोमपालले नेपालको लागि पहिलो ‘ओडिआई’मा पहिलो बल फाल्ने, पहिलो विकेट लिने र पहिलो मेडन ओभर फाल्ने कीर्तिमान बनाउन सफल भए । सोमपालले नेदरल्याण्ड्सका ओपनर ब्याट्सम्यान टर ब्राकलाई बोल्ड आउट गर्दै सोे रेकर्ड बनाएका हुन् ।

उनले २ ओभर बलिङ गर्दै ३ रन खर्चेर १ विकेट लिएका थिए । 

त्यस्तै, कप्तान पारसले बेन कोपेरलाई एलबिडब्लुमा र वेस्ले बार्रेसी बोल्ड गर्दै पभेलियनमा फर्काए । यता सन्दिपले माइबर्गलाई बोल्ड गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?