काठमाडौं । नेदरल्याण्ड्ससँगको पहिलो एक दिवसीय क्रिकेटमा कप्तान पारस खड्काले सबैभन्दा बढी विकेट लिएका छन् ।
आम्र्सडमको भिआर मैदानमा बुधबार भएको नेदरल्याण्ड्सविरुद्धको खेलको दौरान कप्तान खड्काले ‘ओडीआई’मा सर्बाधिक ४ विकेट लिएका हुन् ।
कप्तान पारसले बेन कोपेरलाई एलबिडब्लुमा र वेस्ले बार्रेसी बोल्ड गर्दै पभेलियनमा फर्काएका थिए । नेदरल्याण्ड्सका लागि अर्धसतक बनाएका मिचेल रिप्पोनलाई बोल्ट गरे ।
रिप्पोनले नेदरल्याण्ड्सका लागि ५१ रनको योगदान दिएका थिए । त्यस्तै, आठौ नम्बर ब्याटिङ गर्न मैदानमा आएका शाने स्नाटेरलाई पनि बोल्ट गर्दै पभेलियनमा फर्काए । पारसले ८ ओभर बलिङ गर्दै २० रन खर्चेर ४ विकेट लिन सफल भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया