काठमाडौं । ‘ओडीआई’ क्रिकेट अन्तर्गत नेदरल्याण्ड्सले नेपालसामु १ सय ९० रनको चुनौती प्रस्तुत गरेको छ ।
आम्सटर्डमको भिआरए मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले ४७ दशमलब ४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८९ रनको योगफल तयार पारेको थियो ।
नेदरल्याण्ड्सका लागि मिचेल रिप्पोनले अर्धसतक बनाए । उनले ७६ बलमा दुई चौका प्रहार गर्दै ५१ रन बनाएका थिए । त्यस्तै, ओपनर ब्याट्सम्यान स्टेफेन माइबर्ग २९ रन जाड्दै आउट भए ।
माइबर्गले ३२ बलमा २९ रन जोडेका थिए । उनले ४ चौका र १ छक्का प्रहार गरे ।
ड्यानियल टेर ब्राक मात्र १ रन बनाएर आउट भए । बेन कोपेरले २० तथा वेस्ले बार्रेसी मात्र १२ रन बनाए । बेनले नेदरल्याण्ड्सका लागि १७ बलमा ४ चौका प्रहार गरेका थिए ।
नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक चार विकेट लिन सफल भए । त्यस्तै, सोमपाल कामीले तीन तथा र सन्दिप लामिछाने, करण केसी र बसन्त रेग्मीले समान १—१ एक विकेट लिएका थिए ।
केहीबेरमा नेपाली टिम विजयी लक्ष्यका साथ मैदानमा उत्रनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया