काठमाडौं – कमजोर ब्याटिङका कारण नेपाल पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा नेदरल्यान्ड्ससँग पराजित बनेको छ ।
नेदरल्यान्ड्सको १९० रनको लक्ष्य पाएको नेपाल ४१ दशमलव ५ ओभर खेल्दा सबै विकेट गुमाउँदै १३४ रनमा समेटियो ।
नेपालका लागि ज्ञानेन्द्र मल्लले ५१ रनको योगदान दिँदा दीपेन्द्र सिंह ऐरीले ३३, अनिल साहले २१ रन जोडे । यस्तै कप्तान पारस खड्का १२ रनमै आउट हुँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक पनि छुन सकेनन् ।
बलिङतर्फ नेदरल्यान्ड्सका पीएम सेलर, रिप्पोन र क्लास्सेनले समान ३–३ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली नेदरल्यान्ड्सले ४७ ओभर ४ बलमा १८९ रन जोड्दा अलआउट भएको थियो ।
नेदरल्याण्ड्सको ब्याटिङ ध्वस्त बनाउने क्रममा पारस खड्काले ४ विकेट हात पारे । यस्दै सोमपाल कामीले ३ तथा सन्दीप लामिछाने, वसन्त रेग्मी र करण केसीले १(१ विकेट लिए ।
केही महिनाअघि जिम्बाब्वेमा सम्पन्न एकदिवसीय विश्वकप छनौटमा आठौं हुँदै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पक्का गरेको थियो । त्यसपछि नेपालले पहिलो एकदिवसीय खेल खेलेको हो जसमा नेपाल पराजित बन्न पुग्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया