एजेन्सी: एक दशक अघिको पुरातात्विक उत्खनन्बाट जर्मनीका एक किसान मालामाल भए ।
किसानको इनारबाट २ हजार वर्ष पुरानो काँस्यको टाउको भएको घोडा फेला परेपछि उनलाई जर्मनको अदालतले १० लाख अमेरिकी डलर तिर्न आदेश दिएको छ ।
सन् २००९मा पुरानो रोमका बासिन्दाहरू बस्ने बस्तीमा पुरातत्वविद्हरूले उत्खनन् गरेका थिए ।
जर्मनीको लहनाउस्थित एक किसानको खेतबाट २००० वर्ष पुरानो काँस्यको घोडाको टाउको फेला परेको थियो ।
आर्टनेटका अनुसार अब त्यो जग्गाका मालिकलाई ९ लाख ४ हजार अमेरिकी डलर तिर्नु पर्ने भएको छ ।
सुनको पाताले छोपिएको त्यो घोडाको टाउकोको वजन ५५ पाउन्ड छ भने त्यसको लम्बाई २० इन्च मापन गरिएको छ ।
यो टाउको कुनै ठूलो प्रतिमाको भाग जस्तो देखिन्छ । काँस्यका खुट्टाहरू वरिपरि पाइएको आधारमा यस्तो अनुमान गरिएको हो ।
विज्ञहरूका अनुसार यस्तो घोडाका सवार रोमका सम्राट अगस्टस थिए । यो घोडाको टाउको ३६ फुट इनार भित्र वर्षौदेखि सुरक्षित रहेको थियो ।
त्यो अज्ञात किसानलाई उत्खनन्का बेला जर्मनको प्रान्त हेसेले ५५ हजार ९४६ अमेरिकी डलर मात्र दिएको थियो ।
यो समाचार अखबारमा छापिएपछि किसानले आफूलाई यसको मूल्य थोरै दिएको ठानेर अदालतमा मुद्दा दायर ग-यो ।
जुलाई २७का दिन जर्मनको एक अदालतले त्यो पुरातात्विक महत्वको वस्तुको आधा मूल्य किसानलाई तिर्नुपर्ने आदेश दियो ।
त्यो वस्तुको मूल्य करिब १८ लाख अमेरिकी डलर वरिपरि रहेको छ । यस आधारमा किसानलाई ९ लाख ४ हजार अमेरिकी डलर तिर्नुपर्ने देखिएको छ ।
तर जर्मनको त्यो प्रान्तले यो विषयमा पुनरावेदन गर्ने वा नगर्ने विषयमा कुनै निर्णय गरेको छैन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया