काठमाडौँ , २८-असोज ।प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच केहिबेरअघि भेटवार्ता भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रचण्डले पार्टीले सरकारलाई दिएको समर्थन कायमै रहने र मन्त्रीपनि फिर्ता नबोलाउने जानकारी गराएको स्रोतले जनाएको छ ।पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको शीर्ष नेताको बैठकलगत्तै प्रचण्ड देउवालाई भेट्न बालुवाटार पुगेका हुन् । माओवादी बैठकले देउवा सरकारलाई पार्टीको समयर्थन यथावत रहने र सरकारलाई दिएको समर्थन पनि फिर्ता नलिने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया