सय करोड क्लवमा ‘धडक’

काठमाडौं: जानवि कपूर र ईशान खट्टरको  अभिनय रहेको पहिलो रोमान्टिक चलचित्र ‘धडक’प्रर्दशनमा आएको दश दिनमा सय करोड कमाउन सफल भएको छ ।
 जुलाई २० देखि प्रर्दशनमा आएको चलचित्र सफल निर्देशक शशांक खेतानले निर्देशन गरेका हुन । 

उक्त फिल्मका निर्माता र धर्म प्रोडक्शंसले आफ्नो खुसी सोशल मिडिया मार्फत सार्वजनिक गरेका छन् । 

चलचित्रमा अन्र्तजातिय विवाह र राजनितिक दलका एक नेताको सोच तथा राजनितिलाई आधार बनाएर तयार पारिएको छ । फिल्ममा एक नेताको छोरी आफुभन्दा तल्लो जातको केटासंग प्रेम गरेको देखाईएको छ । परिवारले आफ्नो परिवारको ईज्जत बचाउन उनीहरुलाई रोक्न खोजेको हुन्छ । अन्तमा उनीहरु भागेर जान्छन् ।

यस्तो विभिन्न खालका रोचक तथा धेरैको जीवनमा आधारित रहेको कथावस्तुलाई फिल्मले उतार्न खोजेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?