मैत्रीपुर्ण फुटबलः नेपाली फुटबल टिम शुक्रबार थाइल्याण्ड जादैँ

काठमाडौं । आसन्न १८ औं ‘एशियाड’ र ‘साफ’ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टिम थप वैदेशिक प्रशिक्षणका लागि थाइल्याण्ड प्रस्थान गर्ने भएको छ ।

शुक्रबार बिहानै खेलाडीसहितको टोली थाइल्याण्ड जाने अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले जानकारी दिएको हो ।

‘साफ’ खेल्ने राष्ट्रिय टिम र ‘एशियाड’ खेल्ने यू—२३ खेलाडी समावेश संयुक्त टिम वैदेशिक प्रशिक्षणका लागि थाइल्याण्ड जान लागेको हो । खेलाडीसहितको टोलीलाई शुक्रबार बिहानै ‘एन्फा’ले बिदाई गर्ने बताइएको छ । 

नेपालले थाइल्याण्डमा मैत्रीपुर्ण खेल खेल्नेछ । आउदो मंगलबार नेपालले थाइल्याण्डको पुलिस तेरोसँग मैत्रीपुर्ण खेल खेल्ने कार्यक्रम रहेको छ । त्यस्तै,यू—२३ टोलीले अर्को शुक्रवार थाइल्याण्डको यू-२३ टिमसँग प्रतिस्पर्धा गर्नेछ । 

नेपालका मुख्य प्रशिक्षक योतुकु कोजीले थाइल्याण्ड जाने ‘साफ’का लागि २९ र एशियाड’ लागि २०  खेलाडीको छनोट गरिसकेका छन् । 

‘एशियाड’ समूह ‘डी’ मा रहेको नेपालले समूह चरणको खेलमा रसिया विश्वकपमा सहभागि भइसकेको राष्ट्र जापानसँग खेल्नेछ । त्यस्तै, भियतनाम र पाकिस्तानसँग पनि प्रतिस्पर्धा गर्नेछ ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?