काठमाडौ : नेपालमा चिनियाँ लगानी सबैभन्दा बढी भइरहेको देखिएको छ ।
विदेश प्रत्यक्ष लगानी (एडीआई)को रूपमा गरिने लगानीमा प्रतिबद्धतामा चिनियाँ लगानी सबै भन्दा बढी भएको उद्योग विभागका अधिकारीहरूले जनाएका छन् ।
सन् २०१७–१८मा नेपालले चिनियाँ लगानी प्रतिबद्धता ४२ करोड ७० लाख अमेरिकी डलर बराबरको थियो ।
यो प्रतिबद्धताको आर्थिक वर्ष गत मध्य जुलाईमा सकिएको उद्योग विभागले जनाएको हो ।
एफडीआईको चार्टमा कुल एफडीआई प्रतिबद्धताको ८४ प्रतिशित चिनियाँ प्रतिबद्धता रहेको छ जुन सन् २०१७–१८मा ५० करोड ५० लाख अमेरिकी डलर बराबरको थियो ।
चीनले सन् २०१६–१७ र २०१५–१६मा समेत सबै एफडीआई प्रतिबद्धतालाई उछिनेको थियो ।
यो प्रतिबद्धता क्रमशः ७ करोड ६० लाख र ५ करोड ७० लाख अमेरिकी डलर बराबर रहेको थियो ।
गत आर्थिक वर्षमा भारतको प्रतिबद्धता दोस्रो ठूलो थियो । भारतले ६ करोड ६० लाख बराबरको एफडीआई प्रतिबद्धता व्यक्त गरेको थियो ।
त्यसैगरी अमेरिका तेस्रो ठूलो एफडीआई प्रतिबद्धता व्यक्त गर्ने देश थियो ।
अमेरिकाले ९० लाख अमेरिकी डलर बराबरको प्रतिबद्धता जनाएको उद्योग विभागले जनाएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया