एजेन्सी : जिम्बाबेको सत्ताको लगाम फेरि एक पटक एमर्सन मनांगाग्वाको हातमा आएको छ ।
हालै सम्पन्न राष्ट्रपति पदको चुनाव उनले जितेका छन् ।
जिम्बाब्वेको चुनाव आयोगकी प्रमुख न्यायाधीश प्रिसिला चिगुम्बाले यो जीतको घोषणा गरिन् ।
चुनाव आयोग प्रमुख चिगुम्बाले १० प्रान्तहरूको परिणाम सार्वजनिक गर्दै मनांगाग्वाले ५०.८ प्रतिशत मत प्राप्त गरेको बताइन् ।
उनका निकटतम प्रतिद्वन्द्वी विपक्षी नेता नेलसन चमीसालाई ४४.३ प्रतिशत मत प्राप्त भएको छ ।
उता मुभमेन्ट फर डेमोक्रेटिक चेन्ज गठबन्धनका अध्यक्ष मोर्गन कोमिचिले यो परिणामलाई फर्जी बताएका छन् ।
चुनाव आयोगले भने यसमा कुनै किसिमको धाँधली नभएको जनाएको छ ।
९२ वर्षीय तत्कालीन राष्ट्रपति रोबर्ट मुगाबेले पदबाट राजीनामा दिएयता भएको यो पहिलो चुनाव हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया