मध्यावधि चुनावमा रूसी हस्तक्षेप हुनेमा अमेरिकामा चिन्ता बढयो

एजेन्सी : नोभेम्बरमा हुने अमेरिकी मध्यावधि चुनावमा रूसबाट फेरि हस्तक्षेप हुने  खÞतराबाट अमेरिकामा चिन्ता बढाएको छ ।

अमेरिकी गुप्तचर नियोगका प्रमुखहरूले एक संयुक्त प्रेस सम्मेलन गरी यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

राष्ट्रिय गुप्तचर नियोगका निर्देशक डेन कोट्सले भने “ अमेरिकालाई कमजोर पार्न र तोर्न रूस निरन्तर प्रयास गरिरहेको हामीले हेर्न पाएका छौं ।”

बिहीबार ह्वाइट हाउसमा आयोजित सो प्रेस सम्मेलनमा अमेरिकाको राष्ट्रिय सुल्लाहकार जन बोल्टन, एफबीआई निर्देशक क्रिस रे, राष्ट्रिय गुप्तचर नियोगका निर्देशक पाल नाकासोने र गृह सुरक्षा सचिव क्रिस्सन नीलसनले आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

डोन कोट्सले सन् २०१५को तुलनामा रूसका प्रयासहरू अहिलेसम्म कमजोर रहेको बताए ।

रूस मात्रै पनि अमेरिकाको चुनावमा हस्तक्षेप गरिरहेको छैन अन्यले पनि यस्तो गरिरहेको उनले जनाए ।

हालै फिनल्यान्डको हेलसिन्कीमा भएको शिखर वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसबारे रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसमक्ष यसबारे आपत्ति प्रकट गरेको थिए कि थिएन भनि सोधिएको प्रश्नको जवाफमा बोल्टनले भने “राष्ट्रपति पुटिनले ट्रम्पले सबैभन्दा पहिले चुनावी हस्तक्षेपको मुद्दा उठाएको बताएका थिए ।”

हस्तक्षेपमा रूसी सरकार र रूसी जनता दुबैमा यो आरोप हो कि सरकारमाथि मात्रै हो भन्दा डोन कोट्सले दुबैमाथि यो आरोप रहेको बताएका थिए ।

रूसले अमेरिकामा भएको राष्ट्रपति पदको  चुनावहरूमा हस्तक्षेप गरेको आरोपलाई अस्वीकार गर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?