काठमाडौं: बङ्लादेशको राजधानी ढाकामा दशौँ हजार विद्यार्थीले शुक्रबार पनि सडकमा विरोध प्रदर्शन जारी राखेका छन् ।
आफ्ना सहपाठीको मृत्यु भएको विरोधमा उनीहरूले पाचौं दिन सडक आन्दोलन गरेको बिबिसि मा उल्ल्ेख गरिएको छ ।
विद्यार्थीहरूले सडक अवरुद्ध गर्नुका साथै नाराबाजीसमेत गरेको अधिकारीहरूले जनाएका छन् ।
आफ्ना सहपाठी बाटोमा हिँडिरहेका बेला चालकको लापर्वाहीका कारण निधन भएको भन्दै उनीहरूले सडक यात्रा सुरक्षित गराउनसमेत सरकारसँग माग गरेका छन् ।
राजधानी ढाकाको हजरात शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाने मुख्य मार्गमा गत आइतबार दिउँसो एउटा बसले ठक्कर दिएर दुई जनाको मृत्यु भएको थियो ।
घटनामा परी अरू नौ जना घाइते भएको समाचारमा जनाइएको छ । घाइते भएका सबै शहिद रामिज उद्धिन क्यान्टोनमेन्ट कलेजका विद्यार्थी भ्एको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया