एजेन्सी : केन्द्रीय बैंकहरूको रूपमा चिनिने अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले आर्थिक गतिविधिलाई बलियो भनेर टिप्पणी गरेको छ ।
सन् २००६को मे महिना यता पहिलो पटक आर्थिक गतिविधि बलियो अवस्थामा पुगेको फेडरल रिजर्भले एक विज्ञप्ति सार्वजनिक गरी जनाएको छ ।
मोर्गन स्टयान्टलीले एक अनुसन्धान नोटमा यसलाई उल्लेख गरेको छ ।
हान्स डिकर र जेक टेङ खुले बैंकको एफएक मर्निंग नोटमा लेखेका छन् “फेडले हाम्रो नयाँ चक्र दृष्टिकोणलाई आफ्नो भाषामा उल्लेख गरेको छ ।”
यसले मौद्रिक अधिकारीहरूलाई तरलतालाई ठीक ढंगले परिचालन गर्न मदत मिल्नेछ ।
केन्द्रीय बै.कले ब्याजदरमा कुनै परिवर्तन गरेको छ्रैन् ।
नीति निर्माताहरूले सन् २०१८मा चार पटक दर बृद्धि हुने अपेक्षा गरेका थिए ।
सन् २००७–२००९सम्म आर्थिक मन्दी हाउजिंग र बैंकिंगमा बढेको थियो ।
जुलाईमा फेडका अध्यक्ष जेरोम पावेलले अमेरिकी कांग्रेसलाई भनेका थिए – वित्तीय बजारमा अहिले कुनै रातो संकेत देखिएको छैन् ।”
अमेरिकी अर्थतन्त्र दोस्रो त्रैमासिकमा ४.१ प्रतिशतले बढयो ।सन् २०१४ यताकै सबैभन्दा द्रुतगतिको बृद्ध हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया